दफा ५७
सङ्गठित संस्थाले गरेको कसूर
(१) यस ऐन बमोजिम कसूर ठहर्ने कुनै कुरा सङ्गठित संस्थाले गरेमा सो कसूर गर्दाका बखत सो सङ्गठित संस्थाको सञ्चालनको लागि प्रमुख रुपमा जिम्मेवार व्यक्तिले सो कसूर गरेको मानिनेछ ।
तर त्यस्तो सङ्गठित संस्थाको सञ्चालनको लागि प्रमुख रुपमा जिम्मेवार व्यक्तिले त्यस्तो कसूर आफ्नो जानकारी बिना भएको वा कसूर हुन नदिन निजले मनासिब माफिकका सबै प्रयत्नहरु गरेको थियो भनी प्रमाणित गर्न सकेमा निजलाई सो कसूरको लागि दोषी ठह¥याइने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सङ्गठित संस्थाले यस ऐन बमोजिम गरेको कसूर सो सङ्गठित संस्थाको सञ्चालक, व्यवस्थापक, सचिव वा अन्य जिम्मेवार व्यक्तिको सहमतिमा वा जानकारीमा वा लापरबाहीका कारणबाट हुन गएको भन्ने प्रमाणित भएमा सो सङ्गठित संस्था र सो सङ्गठित संस्थाको सञ्चालक, व्यवस्थापक, सचिव वा अन्य जिम्मेवार व्यक्तिले गरेको मानिनेछ ।